असोज महिनामा मात्रै रेमिट्यान्समा ३० प्रतिशत सुधार, ३ खर्ब ६५ अर्ब भित्रियो

असोज महिनामा मात्रै रेमिट्यान्समा ३० प्रतिशत सुधार, ३ खर्ब ६५ अर्ब भित्रियो

काठमाडौं : चालु आर्थिक वर्षको असोज महिनामा रेमिट्यान्समा ३० प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ असोज महिनामा मात्रै ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिट्यान्स भित्रिएको छ।

अघिल्लो वर्षको असोज रेमिट्यान्स महिनामा १६.८ प्रतिशत बढेको थियो।

अमेरिकी डलरमा रेमिट्यान्स २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको थियो। अघिल्लो वर्षभरी जम्मा ७.९ प्रतिशतले मात्रै बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २ सय ९७ छन्।

अघिल्लो वर्ष यस्तो श्रम स्वीकृति लिनेको संख्या १ लाख ४७ हजार ९ सय ३२ थिए।

समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ४ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्ष खुद ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो।

२४ कात्तिक, २०८०, १५:५९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।