जम्मुमा पाकिस्तानी रेन्जर्सको गोली लागेर एक भारतीय जवानको मृत्यु

जम्मुमा पाकिस्तानी रेन्जर्सको गोली लागेर एक भारतीय जवानको मृत्यु

एजेन्सी : जम्मु कश्मीरको साम्बा जिल्लाको रामगढ सेक्टर सीमामा पाकिस्तानी रेंजर्सले गरेको अप्रत्याशित गोलीबारीमा एक बीएसएफ जवानको मृत्यु भएको छ।

भारतको सीमा सुरक्षा बल बोर्डर सेक्युरिटी फोर्स(बीएसएफ)ले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।

बीएसएफले विज्ञप्तिमा भनेको छ, ‘८-९ नोभेम्बरको मध्यरातमा रामगढ क्षेत्रमा पाकिस्तानी रेंजर्सले विना कारण गरेको गोलीबारीको बीएसएफ जवानहरूले जवाफ दिए। यसमा एक बीएसएफ जवान घाइते भए र पछि मृत्यु भयो।’

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बीएसएफ जवानलाई बिहान १ बजे उपचारका लागि रामगढ सामुदायिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो।

त्यसपछि उनलाई जम्मूको जीएमसी अस्पताल लगिएकोमा त्यहिँ उनको मृत्यु भएको थियो।

कात्तिक २३, २०८० बिहीबार १२:३८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।