हुथी विद्रोहीले अमेरिकाको ड्रोन विमान खसाल्यो

हुथी विद्रोहीले अमेरिकाको ड्रोन विमान खसाल्यो

एजेन्सी : एक वरिष्ठ अमेरिकी अधिकारीले यमनका हुथी विद्रोहीले अमेरिकी एमक्यू-९ रिपर ड्रोन खसालेको बताएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार एक अमेरिकी अधिकारीले भनेका छन्, ‘अमेरिकी सेनाको रिमोट कन्ट्रोल विमान एमक्यू-९ लाई यमनको तटमा हुथी सेनाले खसालेको छ।’

हुथीहरू एउटा सशस्त्र समूह हो जसले सन् २०१५ देखि यमनको साउदी समर्थक सरकारविरुद्ध युद्ध लडिरहेको छ।

यसअघि हुथी विद्रोहीले अमेरिका इजरायल र हमासबीचको युद्धमा प्रत्यक्ष रूपमा संलग्न भएमा इजरायलमाथि हमासलाई आक्रमण गर्ने चेतावनी दिएका थिए।

अक्टोबर ७ मा हमास र इजरायलबीच द्वन्द्व सुरू भएदेखि नै मध्यपूर्वमा आफ्ना सेनामाथि आक्रमण बढेको अमेरिकाले जनाएको छ।

२३ कात्तिक, २०८०, ११:३४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।