इजरायलको अहिलेसम्मकै ठूलो दाबी, सार्वजनिक गर्‍यो तस्बिर

इजरायलको अहिलेसम्मकै ठूलो दाबी, सार्वजनिक गर्‍यो तस्बिर

एजेन्सी : इजरायलको सेनाले उत्तरी गाजा पट्टीमा इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले हमासको बलियो किल्ला कब्जा गरेको दाबी गरेको छ।

सोमबारको अपरेसनकाे बारेमा जानकारी दिँदै सेनाले त्यहाँ रहेको एन्टी-ट्याङ्क मिसाइल, लन्चप्याडहरू र ठूलो मात्रामा हतियारहरू बरामद गरिएको जनाएको हो।

साथै उसले गुप्तचर जानकारीसमेत संकलन गरेको जानकारी गराएको छ।

इजरायली नौसेनाले केही यस्ता स्थानहरूमालाई निशाना बनाएको दाबी गरेको छ, जहाँबाट हमासले आफ्नो गुप्तचर र प्राविधिक नेटवर्क चलाउँदै आएको थियो।

अल कुड्स अस्पताल नजिकैको भवनमा हमास लडाकुहरू लुकेको आफ्ना सैनिकहरूले देखेको आईडीएफले जनाएको छ।

उक्त भवनलाई निशाना बनाएर हवाई हमला गरेपछि विस्फोट भएको इजरायलले बताएको छ। उसले त्यहाँ हतियारको भण्डार रहेको दाबी गरेको छ।

इजरायलले खान युनुस क्षेत्रमा बम विष्फोट भएको उल्लेख नगरे पनि त्यहाँ ठूला विस्फोट भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।

इजरायल र हमासबीचको द्वन्द्वमा हालसम्म १० हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

\

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा ठूलो सैन्य कारबाही सुरु गरेको छ। अक्टोबर ७ देखि इजरायली विमानले गाजामा लगातार बमबारी गरिरहेको छ।

इजरायलले युद्धविरामको अपीललाई बेवास्ता गर्दै आएको छ।

कात्तिक २१, २०८० मंगलबार १४:०७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।