गाजामा इजरायली बमबारीमा परी मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

गाजामा इजरायली बमबारीमा परी मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

एजेन्सी : अक्टोबर सात यता गाजामा इजरायली बमबारीका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अक्टोबर ७ यता इजरायली बमबारीमा मृत्यु हुनेको संख्या १०,२२२ पुगेको जनाएको छ।

आइतबार राति इजरायली सेनाले गाजामा ठूलो हवाई हमला गरेको थियो।

सेनाले एक विज्ञप्ति जारी गर्दै हमासको सैन्य कम्पाउण्ड सहित सयौं लक्ष्यहरूलाई निशाना बनाएको बताएको छ।

गाजाको सबैभन्दा ठूलो अस्पतालका निर्देशकले यसअघि करिब 
२०० जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ।

गाजामा कार्यरत राष्ट्रसंघीय राहत एजेन्सीहरूले मृत्यु हुनेमा हजारौं बालबालिका पनि रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपतिसहित धेरै नेताहरूले हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्यांकमाथि प्रश्न उठाएका छन्।

यद्यपि, विश्व स्वास्थ्य सङ्गठनले यी तथ्याङ्कहरूलाई विश्वसनीय भएको बताएको छ।

गाजाका अन्य सरकारी एजेन्सीहरू जस्तै, स्वास्थ्य मन्त्रालय पनि हमासको नियन्त्रणमा छ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार ४ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

यस हमलामा हमास लडाकुहरूले २०० भन्दा बढी व्यक्तिलाई अपहरण गरी गाजा थिए। जसमा एक नेपालीसमेत छन्।

कात्तिक २१, २०८० मंगलबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।