गाजामा युद्धविरामको माग गर्दै क्यानडाकाे सरकारी कार्यालयभित्रै प्रदर्शन

गाजामा युद्धविरामको माग गर्दै क्यानडाकाे सरकारी कार्यालयभित्रै प्रदर्शन

एजेन्सी : गाजामा युद्धविरामको लागि आह्वान गर्न माग गर्दै क्यानडामा प्रदर्शनकारीहरूले सरकारी कार्यालयभित्रै धर्ना दिएका छन्।

ती आन्दोलनकारीहरू कार्यालयभित्रै हड्तालमा समेत बसेका छन्। यी कार्यालयहरूमा सरकारमा रहेका सांसदका कार्यालयहरू पनि पर्छन्।

सोमबार प्रदर्शनकारीहरू रक्षामन्त्री बिल ब्लेयर र उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्याण्डको कार्यालयमा प्रवेश गरेर धर्नामा बसेका थिए।

मोन्ट्रियल ग्याजेटका अनुसार क्यानडाका १२ सहरमा १७ वटा कार्यालयभित्र विरोध प्रदर्शन भएको थियो।

एक प्रदर्शनकारीले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘हामीले क्यानडालाई तत्काल युद्धविरामको माग गर्न र इजरायलसँगको साँठगाँठ अन्त्य गर्न माग गर्दछौँ।’

प्रदर्शनकारीहरूले ‘फ्री प्यालेस्टाइन’ र ‘स्टप जेनोसाइड इन गाजा’का ब्यानर बोकेका थिए।

कात्तिक १४, २०८० मंगलबार ०९:५२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।