पाकिस्तानी फास्ट बलर हसन अलीले दक्षिण अफ्रिकाविरुद्धको खेल गुमाउने

पाकिस्तानी फास्ट बलर हसन अलीले दक्षिण अफ्रिकाविरुद्धको खेल गुमाउने

काठमाडौं : पाकिस्तानी फास्ट बलर हसन अलीले शुक्रबार दक्षिण अफ्रिकाविरुद्धको खेल गुमाउने भएका छन्।

बिहीबार पाकिस्तान क्रिकेट बोर्ड(पीसीबी)ले यसको घोषणाा गरेको हो। उनी बिरामी भएपछि यस्तो घोषणा गरिएको हो।

बोर्डले आफ्नो विज्ञप्तिमा भनेको छ- ‘फास्ट बलर हसन अलीको अवस्था ठिक छैन। त्यसैले उनी दक्षिण अफ्रिकाविरुद्धको खेलमा पाकिस्तानी टोलीको हिस्सा हुने छैनन्।’

पीसीबीले हसन अलीलाई उच्च ज्वरो आएको र आगामी खेलका लागि विश्राम दिइएको जनाएको छ।

पाकिस्तानी प्रसारक जियो न्यूज रिपोर्टका अनुसार मोहम्मद वासिम जुनियरले हसन अलीको स्थान टिममा लिनेछन्।

नेदरल्याण्ड र श्रीलंकाविरुद्धको खेल जितेर विश्वकपमा उत्कृष्ट सुरुवात गरेको पाकिस्तानी क्रिकेट टोलीले पछिल्लो तीन खेलमा अस्ट्रेलिया, भारत र अफगानिस्तानसँग हार बेहाेर्यो।

त्यसैले पनि आजको खेल जित्नु पाकिस्तानका लागि निकै महत्वपूर्ण छ।

कात्तिक १०, २०८० शुक्रबार १०:१२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।