आक्रमणको मुख्य योजनाकार हमास कमाण्डर मारिएको इजरायलको दाबी

आक्रमणको मुख्य योजनाकार हमास कमाण्डर मारिएको इजरायलको दाबी

एजेन्सी : इजरायली सेनाले अक्टोबर ७ मा भएको आक्रमणको मुख्य योजनाकार हमास कमाण्डरलाई मारेको दाबी गरेको छ।

यसअघि इजरायली सेनाले अक्टोबर ७ को हमलाको योजनामा ​​सहयोग गर्ने हमासका एक वरिष्ठ कमाण्डर मारिएको बताएको थियो।

इजरायली सेनाले ‘सटीक खुफिया’को आधारमा युद्धक विमानहरूले हमास गुप्तचरका उपप्रमुख शादी बारुडमाथि आक्रमण गरेको बताएको हो।

हवाई हमलाको भिडियो शेयर गर्दै इजरायली सेनाले उक्त हमलामा उनी मारिएको दाबी गरेको हो।

इजरायली सेना आईडीएफले बारुडले गाजामा हमासका प्रमुख याह्या सिनवारसँग अक्टोबर ७ मा हमलाको योजना बनाएका थिए।

यद्यपि स्वतन्त्र रूपमा यो दाबीको भने पुष्टि हुन नसकेको बीबीसीले जनाएकको छ। हमासले पनि यस विषयमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन।

कात्तिक १०, २०८० शुक्रबार ०८:५५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।