विश्वकप क्रिकेटमा आज एक जित मात्र निकालेका इंग्ल्याण्ड र श्रीलंका भिड्दै

विश्वकप क्रिकेटमा आज एक जित मात्र निकालेका इंग्ल्याण्ड र श्रीलंका भिड्दै

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र श्रीलंका भिड्दैछन्।

खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे बैंग्लुरुमा हुनेछ। जारी विश्वकपमा लगातार दुई खेल हारेको इंग्ल्याण्ड आजको खेलमा जित निकाल्न चाहन्छ।

उता पछिल्लो खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको श्रीलंका उच्च मनोबलका साथै मैदान उत्रिँदै हार्न चाहँदैन।

इंग्ल्याण्ड र श्रीलंकाबीच यसअघि भएका पाँच एकदिवसीय खेलमा दुवैले समान दुई-दुई खेलमा जित निकालेका छन्। एक खेल भने रद्ध भएको थियो।

यो खेलसँगै विश्वकपको हरेक टोलीले पाँच-पाँच खेल खेल्नेछन्।

श्रीलंका चार खेलमा एकमा जित निकाल्दै दुई अंकसहित सातौं स्थानमा रहँदा समान खेल र समान अंकसहित इंग्ल्याण्ड आठौं स्थानमा छ।

विश्वकप अंकतालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः १०, ८ र ८ अंकसहित भारत, दक्षिण अफ्रिका र न्यूजिल्याण्ड छन्।

चौथो स्थानमा ६ अंकसहित अस्ट्रेलिया रहँदा समान ४-४ अंकसहित पाकिस्तान र अफगानिस्तान क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।

समान दुई अंकसहित बंगलादेश र नेदरल्याण्ड्स क्रमशः नवौं र दशौं स्थानमा छन्।

कात्तिक ९, २०८० बिहीबार ०९:१६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।