एसियाडमा सहभागी भएर स्वदेश फर्किए नेपाली खेलाडी

एसियाडमा सहभागी भएर स्वदेश फर्किए नेपाली खेलाडी

काठमाडौं : चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी भएर नेपाली खेलाडीहरू स्वदेश फर्किएका छन्। 

रजत विजेता, कांस्य विजेता खेलाडीको टोलीसहित भारोत्तोलन, डान्स स्पोर्टस् क्यानोइका खेलाडीहरु काठमाडौं आइपुगेका हुन्।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको गरेको थियो। 

दुई रजत र एक कांस्य पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा खादा र माला लगाएर स्वागत गरेको हो। 

नेपाली महिला कबड्डी टोलीले कास्य पदक र करातेको ६८ केजी समूहमा धादिङकी एरिका गुरुङले रजत पदक जितेकी थिइन् ।

२३ असोज, २०८०, १४:०५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।