कर्मचारीले गरे देशैभरका पालिकामा अनिश्चितकालीन ‘पेनडाउन’, निजामती विधेयक सच्याउन माग

कर्मचारीले गरे देशैभरका पालिकामा अनिश्चितकालीन ‘पेनडाउन’, निजामती विधेयक सच्याउन माग

काठमाडौं : प्रतिनिधि सभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानिय तहका कर्मचारीहरुले अत्यावश्यकबाहेक काम बन्द (पेनडाउन) गरेका छन्।

विधेयक सच्याउन माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा धर्ना र प्रदर्शन गरिरहेका उनीहरुले शुक्रबारदेखि ७ सय ५३ वटै स्थानीय तहमा अनिश्चितकालीन ‘पेनडाउन’ गरेका हुन्। 

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका सहसंयोजक रामप्रसाद न्यौपानेले जानकारी दिए।

काठमाडौं आउन नसक्ने कर्मचारीले आफू कार्यरत स्थानीय तहमै नारासहित कालो ब्यानर राखेर धर्ना दिइरहेको समेत उनले बताए। 

निजामती सेवा विधेयकमा प्रमुख प्रशासकीय अधिकृत प्रदेशले खटाउने प्रस्ताव गरिएको छ। तर स्थानीय सेवाबाटै प्रमुख प्रशासकीय अधिकृत राख्ने व्यवस्था गर्न उनीहरूले माग राखेका छन्।

१९ असोज, २०८०, १२:०३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।