विश्वकप अभ्यास : श्रीलंकाले अफगानिस्तानलाई दियो २९५ रनको लक्ष्य

विश्वकप अभ्यास : श्रीलंकाले अफगानिस्तानलाई दियो २९५ रनको लक्ष्य

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका अभ्यास खेलमा श्रीलंकाले अफगानिस्तानलाई २९५ रनको लक्ष्य दिएको छ।

गुवाहाटीको वर्षापारा रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको श्रीलंकाले ४६.२ ओभरमा अलआउट हुँदै २९४ रन बनायो।

उसका लागि कुशल मेन्डिसले १५८ रन बनाएर रिटायर्ड आउट भए। ८७ बलको सामना गरेका उनले १९ चौका र ९ छक्का लगाएका थिए।

यस्तै, सदीरा समरविक्रमा ३९, पथुन निसान्का ३०, धनन्जय डीसिल्भा २२, चरिथ असलंका १२, डिमुथ करुणारत्ने ८, दुसान हेमन्था पाँ रनमा आउट भए।

अफगानिस्तानका मोहम्मद नाबीले चार तथा रशिद खान, अब्दुल रहमान, नवील उल हक, मुजीब उर रहमान र फजल्लक फारुकीले समान एक–एक विकेट लिए।

असोज १६, २०८० मंगलबार १८:४०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।