बझाङको चैनपुर केन्द्रविन्दु भएर भूकम्प, तीव्रता ६.३ म्याग्नेच्यूड

काठमाडौं : मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु बझाङको चैनपुर रहेको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार भूकम्पको तीव्रता ६.३ म्याग्नेच्यूडमा मापन गरिएको छ।
मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट छेउमा केन्द्रविन्दु भएर ५.३ म्याग्नेच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का राजधानी काठमाडौंसहित भारतको राजधानी नयाँदिल्लीमा समेत महसुस गरिएको थियो।
१६ असोज, २०८०, १५:५९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।