काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं : राजधानी काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्पको धक्का काठमाडौंसँगै नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर र आसपासका जिल्लामा समेत महसुस गरिएको छ।

भूकम्पको केन्द्रविन्दु र तीव्रताबारे विवरण भने आइसकेको छैन।

यसअघि मंगलबार नै बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प आएको थियो।

असोज १६, २०८० मंगलबार १५:१६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।