गठबन्धन सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार देखियो : अध्यक्ष ओली

गठबन्धन  सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार देखियो : अध्यक्ष ओली

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

बैठकको शून्य समयमा सांसदहरुले आफ्ना भनाइ सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीलाई बोल्ने समय दिएका हुन्। 

बैठकको सुरुमै अध्यक्ष ओलीले गम्भीर अपराधका दोषीहरुलाई उन्मुक्ति दिएको भन्दै सरकारको कडा आलोचना गरेका छन्। 

एसिड आक्रमणमा दोषी ठहर भएका अपराधीलाई पनि सरकारले माफी दिएर छाडेको भन्दै उनले आक्रोश पोखेका हुन्। 

अध्यक्ष ओलीले अहिलेको सरकार गैरजिम्मेवार देखिएको समेत उल्लेख गरेका छन्। 

उनले भने, ‘वास्तवमा यी सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार देखिएको छ, स्वेच्छाचारी देखिएको छ।’ 

अहिलेको सरकारबाट विकास विरोधी कामहरु भइरहेको बताउँदै उनले अहिलेको सरकार देश र जनाता बिर्षिएको  टिप्पणी गरे।

असोज १६, २०८० मंगलबार १४:०३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।