सुनको मूल्य लगातार ओरालो क्रममा, आज १३ सयले घट्यो

सुनको मूल्य लगातार ओरालो क्रममा, आज १३ सयले घट्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य लगातार सातौं दिन पनि घटेको छ।

गत साताको मंगलबारदेखि घट्न थालेको सुनको मूल्य एक साताभरी घटिरहेको हो। एक सातामा सुनको मूल्य पाँच हजार ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सयले घटेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ६ हजार ६ सय रुपैयाँ तोकिएको छ।

त्यसैगरी तेजाबी सुन पनि घटेर प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ।

असोज १६, २०८० मंगलबार १२:१४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।