काकाको जमानीमा छुटे अनमोल, आफ्नै गाडिमा घर गए

काकाको जमानीमा छुटे अनमोल, आफ्नै गाडिमा घर गए

काठमाडौं : प्रहरीले अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडेको छ।

प्रहरी हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेको र अस्पतालले डिस्चार्ज नगरेकाले छाडिएको  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले बताए।

प्रहरीले खोजेको बखत उपस्थित गराउने सर्तमा उनको काकाले जिम्मा लिएका थिए। छुटे लगत्तै उनी सिधै घर गएका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार पक्राउ गरेर आइतबार मुद्दा प्रक्रियाका लागि काठमाडौं परिसरलाई बुझाएको थियो।

फिल्म रावायण खेल्न १० लाख रकम लिएर फिल्म खेल्न नमानेको भन्दै निर्देशक सुदर्शन प्रडक्सनले केसी विरुद्ध दिएको जाहेरीको आधारमा उनी पक्राउ परेका थिए।

असोज १४, २०८० आइतबार २१:२८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।