तीन कारणमा टेक्दै अनमोललाई काठमाडौं परिसरले हाजिर जमानीमा छाड्दै

तीन कारणमा टेक्दै अनमोललाई काठमाडौं परिसरले हाजिर जमानीमा छाड्दै

काठमाडौं : प्रहरीले अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाड्ने भएको छ। अदालतबाट आइतबारका लागि मात्र म्याद दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले हाजिर जमानीमा छाड्न लागेको हो।

प्रहरी हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेको र अस्पतालले डिस्चार्ज नगरेको भन्दै हाजिर जमानीमा छाड्ने तयारी भएको काठमाडौं परिसर स्रोतले बतायो।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर आइतबार मुद्दा प्रक्रियाका लागि काठमाडौं परिसरलाई बुझाएको थियो।

परिसरका एसएसपी भुपेन्द्र खत्रीले उपत्यका प्रहरी कार्यालयका प्रमुखसँग दीपक थापासँग परामर्श गरेका थिए। थापाले जोखिम नदेखिए जमानीमा छाड्न भनेपछि उनलाई छाड्ने तयारी भएको हो।

असोज १४, २०८० आइतबार २०:५८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।