सुनखानीमा पुरिएर छ जनाको मृत्यु, १५ जनाको उद्धारमा सकस

सुनखानीमा पुरिएर छ जनाको मृत्यु, १५ जनाको उद्धारमा सकस

एजेन्सी : जिम्बाब्वेको एउटा सुनखानीमा छ जनाको पुरिएर ज्यान गएको छ।

निस्कने बाटो पुरिँदा १५ जनालाई उद्धार गर्न सकस भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

राजधानी हरारेबाट १०० किलोमिटर पश्चिममा रहेको चेगुतुमा रहेको बे हर्स सुन खानीको केही भाग भत्किँदा ३० जनाभन्दा बढी मजदुर फसेका थिए।

तेह्र जना खानी कामदार भने बच्न सफल भएका बताइएको छ। खानीमा फसेकाहरूलाई उद्धारको प्रयास भइरहेको छ।

खानीको भाग के कारणले भत्कियो भन्ने थाहा हुन सकेको छैन भने दुर्घटनाको विस्तृत विवरण पनि प्राप्त भएको छैन।

सुन, प्लेटिनम र हीराको विशाल भण्डार भएको जिम्बाब्वेमा सुरक्षा मापदण्डको पूर्ण पालना नहुँदा खानी दुर्घटनाहरू सामान्य हुन्।

सन् २०१९ मा भीषण वर्षासँगै खानीमा बाढी पस्दा धेरै मजदुर डुबेका थिए।

असोज १३, २०८० शनिबार २१:५५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।