पाकिस्तान विष्फोट, ५२ जनाको मृत्यु

पाकिस्तान विष्फोट, ५२ जनाको मृत्यु

एजेन्सी : पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको आत्मघाती विस्फोटमा परी कम्तीमा प्रहरीसहित ५२ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले जनाएको छ।

बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन्। साथै उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन्।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्षित गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ।

असोज १२, २०८० शुक्रबार १४:५५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।