१९ औँ एसियाडको भव्य उद्घाटन, तेक्वान्दोका वीरबहादुर र उसुकी निमाले बोके नेपालको झन्डा

१९ औँ एसियाडको भव्य उद्घाटन, तेक्वान्दोका वीरबहादुर र उसुकी निमाले बोके नेपालको झन्डा

काठमाडौँ : चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा । १९ औ एसियाडको उद्घाटन भएको छ। चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औँ एसियाडको औपचारिक उद्घाटन गरेका हुन्।

एसियाडको खेलहरू सेप्टेम्बर १९ बाटै सुरु भइसकेको थियो। फुटबल, क्रिकेट र भलिबलका खेलहरू सुरु भए पनि औपचारिक उद्घाटन भने भएको थिएन।

शनिवार औपचारिक उद्घाटन समारोहमा सहभागी रहेका ४५ देशका प्रतिनिधिले मार्चपास गरेका थिए। प्रतियोगितामा नेपाल समेत सहभागी छ।

नेपालको तर्फबाट मार्चपासमा तेक्वान्दोका वीरबहादुर महरा र उसुकी निमा घर्ती मगरले नेपालको झन्डा बोकेका थिए। उद्घाटनमा चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी छन्।

६ असोज, २०८०, २१:०८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।