एसबीआई बैंक र ओम्नी मोटर्सबीच सवारी साधनको फाइनानसिङका लागि सम्झौता

एसबीआई बैंक र ओम्नी मोटर्सबीच सवारी साधनको फाइनानसिङका लागि सम्झौता

काठमाडौं : नेपाल एसबीआई बैंक र ओम्नी मोटर्स प्रालिबीच सम्झौता भएको छ। बैंकको हायर पर्चेज योजना अन्तर्गत सवारी साधनहरूको फाइनानसिङलाई सहज बनाउन यो सम्झौता भएको हो।

उक्त सम्झौतामा बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र ओम्नी मोटर्स प्रालिका तर्फबाट सहनिर्देशक उदयन काब्राले हस्ताक्षर गरे।

एसबीआई बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

असोज २, २०८० मंगलबार १०:२१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।