६४ लाखको नक्कली बैङ्क स्टेटमेन्ट बनाएको आरोपमा करिअर विङ्स कन्सल्टेन्सीका सञ्चालक पक्राउ

६४ लाखको नक्कली बैङ्क स्टेटमेन्ट बनाएको आरोपमा करिअर विङ्स कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौँ : अस्ट्रेलिया जान चाहने विद्यार्थीसँग ६४ लाख रकम लिएर बैङ्कमा पैसा नराखी बैङ्कको नक्कली स्टेटमेन्ट बनाएको आरोपमा पुतलीसडकमा रहेको करिअर विङ्स कन्सल्टेन्सीका सञ्चालक ताराचन्द शर्मा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले अस्ट्रेलिया जाने एक विद्यार्थीको नक्कली स्टेटमेन्ट बनाएर भिसा अप्लाइ गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। उनले विद्यार्थीको माछापुच्छ्रे बैङ्कमा रहेको खातामा ६४ लाख १० हजार बचत रहेको स्टेटमेन्ट प्रिन्ट गराएर पेस गरेका थिए।

ती विद्यार्थी अस्ट्रेलिया समेत गए। उनले अस्ट्रेलिया पुगेर कन्सल्टेन्सीले आफ्नो नक्कली स्टेटमेन्ट बनाएको भन्दै बैङ्कलाई खबर गरेपछि सोमबार उनी पक्राउ परेका हुन्।

परिसरले शर्मालाई बैङ्किङ कसुर मुद्दामा अनुसन्धान अघि बढाइएको छ। उनले विद्यार्थीसँग स्टेटमेन्ट बनाएको शुल्क लिएर नक्कली स्टेटमेन्ट बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको दाबी छ।

असोज १, २०८० सोमबार २२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।