एसिया कप फाइनल : १२ रनमै श्रीलंकाको आधा टोली प्याभिलियन फर्कियो, सिराजले एकै ओभरमा झारे चार विकेट

एसिया कप फाइनल : १२ रनमै श्रीलंकाको आधा टोली प्याभिलियन फर्कियो, सिराजले एकै ओभरमा झारे चार विकेट

काठमाडौं : एसिया कप क्रिकेटको फाइनलमा भारतीय बलरले श्रीलंकाको टप अर्डर ध्वस्त पारेका छन्।

टस हारेर पहिला बलिङको निम्तो पाएको भारतले खतरनाक बलिङ गर्दा श्रीलंकाले आफना छ विकेट गुमाइसकेको छ। 

पहिलो ओभरमै जसप्रित बुमराहले कुशल परेरलाई आउट गरेका थिए। त्यसपछि मोहम्मद सिराजले चौथो ओभरमा ६ बलमा चार विकेट लिए। 

पहिला उनले चौथो ओभरको पहिलो बलमा पथुम निसान्कालाई रविन्द्र जडेजाको हातमा क्याच आउट गराए।

यसपछि तेस्रो बलमा सदिरा समरविक्रमा एलबीडब्ल्यू आउट भइन्। चौथो बलमा उनले चरित असालान्कालाई इशान किशनको हातमा क्याच आउट गराए। 

तर, उनले ह्याट्रिक भने गुमाए। पाँचौं बलमा चौका लाग्यो। त्यसपछि अन्तिम बलमा सिराजले धनञ्जय डि सिल्भालाई विकेटकिपर राहुलको हातमा क्याच आउट गराए। 

निसान्काले दुई र धनन्जयले चार रन मात्रे बनाउन सके। समरविक्रम र असलंकाले भने खाता खोल्न सकेनन्।  श्रीलंकाले ६ दशमलव ३ ओभरको खेल सकिँदा १२ रन बनाएर ६ विकेट गुमाइसकेको छ।

भदौ ३१, २०८० आइतबार १६:३९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।