एसिया कप : फाइनलमा श्रीलङ्काले टस जित्यो, भारतले पहिले बलिङ गर्ने

एसिया कप : फाइनलमा श्रीलङ्काले टस जित्यो, भारतले पहिले बलिङ गर्ने

काठमाडौं : १६औं संस्करणको एसीसी एसिया कपको फाइनल खेलमा भारतविरुद्ध श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। 

श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा कप्तान दशुन शानाकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। 

एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलङ्का को टोली आमनेसामने हुँदैछन्। यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो। उक्त म्याच महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि उचालेको थियो। 

भारतको  प्लेइङ ११ :

रोहित शर्मा, शुभमन गिल, विराट कोहली, इशान किशन, केएल राहुल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, वाशिंगटन सुन्दर/शार्दुल ठाकुर, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज।

श्रीलङ्काको प्लेइङ ११ :

पाथुम निसान्का, कुसल परेरा, कुसल मेन्डिस सदीरा समराविक्रमा, चरित असालान्का, धनंजया डी सिल्भा, दासुन शानाका, दुनिथ वेललागे, प्रमोद मधुशन/दुशन हेमन्था, कसुन राजिथा, मथिशा पाथिराना।

भदौ ३१, २०८० आइतबार १५:०७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।