मध्यरातमा पुल छेउमा कार रोकेर सप्तकोशीतर्फ गएका डाक्टर बेपत्ता

मध्यरातमा पुल छेउमा कार रोकेर सप्तकोशीतर्फ गएका डाक्टर बेपत्ता

काठमाडौं : सप्तकोशीको पुलछेउमा कार रोकेर एक डाक्टर बेपत्ता भएका छन्।

सोमबार राति प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार सप्तकोशी पुल पारी उदयपुरमा रोकेर डाक्टर बेपत्ता भएका हुन्।

कारमा मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा. प्रज्ज्वल कोइरालाको कागजात भेटिएको थियो। प्रहरीले उनी बेपत्ता भएको आशंकमा खोजतलास गरिरहेको छ।

कागजातमा कोइरालाको घर झापाको दमक नगरपालिका-१ घर रहेको उल्लेख छ।

३८ वर्षीय कोइराला चतराघाटस्थित कोसी पुलको उदयपुर खण्डमा सवारी साधन छोडेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले उकेरालाई जानकारी दिए।

उनका अनुसार बेपत्ता चिकित्सकको कोशी नदी र आसपासका क्षेत्रमा खोजी कार्य भइरहेको छ।

स्थानीयवासीले बेवारिसे कार देखेपछि सोमबार बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानको क्रममा विहान १ बजेर २० मिनेटमा कारबाट झरेर कोइराला कोशी पुलतर्फ गएको देखिएको डीएसपी चौधरीले बताए।

‘राति १ बजेर २० मिनेटमा गाडी राेकर पुलतर्फ गएको सीसीटीभी क्यामेरामा देखिएको छ,’ उनले भने, ‘पुलमा माेबाइल र जुत्ता राखेका रहेछन्। त्यसपछि उनी क्यामेरामा देखिएनन्।’

११ भदौ, २०८०, १९:२९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।