अमेरिको हवाईमा आगलागीबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, अझै सयौं बेपत्ता

अमेरिको हवाईमा आगलागीबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, अझै सयौं बेपत्ता

एजेन्सी : अमेरिकाको हवाई टापुको माउ काउन्टीको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ८० जनाको मृत्यु भएको छ।

सयौं मानिसहरू अझै सम्पर्कमा नआएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने आशंका गरिएको छ।

यो राज्यको इतिहासमा अहिलेसम्मकै ठूलो प्राकृतिक प्रकोप हो र ऐतिहासिक शहर लहैना आगलागीमा पूर्णरूपमा ध्वस्त भएको छ।

यसैबीच, भत्किएको सहरमा भएको क्षतिको आँकलन गर्न स्थानीय बासिन्दाहरूलाई शुक्रबार छोटो अवधिको लागि घर फर्कन अनुमति दिइएको थियो।

उनीहरूलाई अगाडि भयंकर आगोको सामना गर्नुपर्ने हुनसक्ने चेतावनी दिइएको थियो। सरकारी अधिकारीहरूले लहैनाका जनतालाई निवासको प्रमाणपत्र ल्याउन आग्रह गरेका थिए।

बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म सहरमा कर्फ्युको घोषणा गरिएको छ भने सहरका केही भागमा राहत र उद्धारकर्मीलाई मात्र प्रवेश दिइएको छ।

साउन २७, २०८० शनिबार २२:१४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।