पितासरह भूमिका निभाएको भन्दै सुनिल शर्माले दिए ओलीलाई धन्यवाद, भने- ‘म उहाँलाई भेट्छु पनि’

पितासरह भूमिका निभाएको भन्दै सुनिल शर्माले दिए ओलीलाई धन्यवाद, भने- ‘म उहाँलाई भेट्छु पनि’

काठमाडौं : कांग्रेस सांसद सुनिल शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विशेष धन्यवाद दिएका छन्।

अदालतको आदेशपछि शुक्रबार सीआईबी हिरासतबाट बाहिरिने क्रममा सञ्चारकर्मीमाझ शर्माले फरक पार्टीको भए पनि ओलीले आफ्ना लागि ‘पितासरह’ भूमिका निर्वाह गरेको भन्दै विशेष धन्यवाद दिएका हुन्।

उनले भने, ‘मेरो पिताजीसहर रोल निर्वाह गर्नुभएको, राष्ट्र नायकका रूपमा उहाँले आफूलाई उभ्याउनुभएको केपी शर्मा ओली र उहाँको पार्टीलाई म फरक पार्टीको भए पनि हृदयबाट धन्यवाद दिन चाहन्छु। म उहाँलाई भेट्छु पनि।’

उनले शेखर कोइराला, गगन थापासहितका नेताहरूलाई पनि धन्यवाद दिए। उनले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई पनि धन्यवाद दिए।

आजैमात्र ओलीले गृह र अर्थमन्त्रीको राजीनामा मागेकै कारण शर्मालाई प्रक्राउ गरिएको बताएका थिए। उनको पार्टी एमालेले संसद्मा शर्माको पक्षमा वकालत गरेको थियो।

२६ साउन, २०८०, २१:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।