दिल्लीका सरकारी र निजी विद्यालयमा मोबाइल प्रयोगमा प्रतिबन्ध

दिल्लीका सरकारी र निजी विद्यालयमा मोबाइल प्रयोगमा प्रतिबन्ध

एजेन्सी : भारतको दिल्ली सरकारले मातहतका विद्यालयहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ।

बिहीबार शिक्षा निर्देशनालयले एक परिपत्र जारी गदै सरकारी मात्र नभएर निजी विद्यालय परिसरमा पनि मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको हो।

शिक्षा निर्देशक हिमांशु गुप्ताको हस्ताक्षरमा जारी परिपत्रमा भनिएको छ, ‘आफ्ना छोराछोरीले विद्यालयमा मोबाइल फोन लिएर नआउने सुनिश्चित गरिदिन अनुरोध छ। बालबालिका मोबाइल लिएर आएमा विद्यालय प्रशासनले लकर वा अन्य व्यवस्थाबाट सुरक्षित राख्न उचित प्रबन्ध गर्नेछ।’

परिपत्रमा शिक्षक तथा कर्मचारीलाई कक्षा, खेल मैदान, प्रयोगशाला, पुस्तकालय जस्ता ठाउँमा मोबाइल प्रयोग नगर्न पनि निर्देशन दिइएको छ।

विद्यार्थीहरूबाट बरामद गरिएका मोबाइल कक्षा समाप्त भएपछि उनीहरूलाई फिर्ता गरिनुपर्ने निर्देशनमा भनिएको छ।

परिपत्रमा विद्यार्थी र आभिभावकहरूले आपतकालीन अवस्थामा फोन गर्नका लागि हेल्पलाइन नम्बरहरू उपलब्ध गराउनसमेत स्कूल अधिकारीहरूलाई निर्देशन दिइएको छ।

साउन २६, २०८० शुक्रबार १०:४०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।