सर्लाहीमा एक युवकको टाउको मात्र फेला

सर्लाहीमा एक युवकको टाउको मात्र फेला

सर्लाही : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगपालिका-४ स्थित लखन्देखी पुलमुनि एक युवकको टाउको मात्रै फेला परेको छ। 

बिहीबार बिहान स्थानीयले खोलाको बगरमा छिनाएको टाउको मात्रै देखेपछि प्रहरीमा खबर गरेका थिए। 

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पँजियार थारूले जानकारी दिए।

उनका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको भर्खरै हत्या भएको जस्तो देखिन्छ। घटनास्थलमा अहिले प्रहरी उपरीक्षक नरेशराज सुवेदी पुगेका छन्। 

साउन २५, २०८० बिहीबार १०:४२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।