इटालीमा डुंगा पल्टिँदा ४१ आप्रवासीको मृत्यु

इटालीमा डुंगा पल्टिँदा ४१ आप्रवासीको मृत्यु

एजेन्सी : इटालीको लाम्पेडुसा टापुमा डुंगा पल्टिँदा कम्तीमा ४१ आप्रवासीको मृत्यु भएको छ।

दुर्घटनामा बाँचेका चार जनाले स्थानीय सञ्चारमाध्यमलाई आफ्नो पीडा सुनाए।

दुर्घटनाबाट जोगिएका आप्रवासीहरूले उद्धारकर्तालाई आफू ट्युनिसियाबाट डुङ्गा चढेर इटाली गएको बताए।

यी चार आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन्। उनीहरू बुधबार लाम्पेडुसा पुगेका थिए।

स्फ्याक्स बन्दरगाह सहरबाट डुंगामा ४५ जना सवार थिए तर केही घण्टापछि डुबेको उनले बताए। त्यहाँबाट गुज्रिरहेको कार्गो जहाजले उनीहरूलाई उद्धार गरी इटालीको कोस्ट गार्डलाई बुझाएको थियो।

कोस्ट गार्डले आइतबार यस क्षेत्रमा दुईवटा डुङ्गा डुबेको जानकारी दिए, तर बाँचेकाहरू कुनै डुङ्गामा थिए वा थिएनन् भन्ने स्पष्ट हुन सकेको छैन।

यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा १ हजार ८ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

ट्युनिसियाको स्फ्याक्स बन्दरगाह सहर, लाम्पेडुसाबाट १३० किलोमिटर टाढा, अवैध आप्रवासीहरूका लागि प्रमुख ट्रान्जिट पोइन्ट हो, ट्युनिसियाका अधिकारीहरूले भने।

यसैबीच, पछिल्ला दिनहरूमा इटालियन निगरानी डुङ्गा र सामाजिक संस्थाहरूले लाम्पेडुसा पुगेका २ हजार मानिसको ज्यान बचाएका छन्।

साउन २४, २०८० बुधबार १७:५२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।