सोमबार ११ फागुन, २०८२
मकैबारीमा लगेर १४ वर्षीया बालिका बलात्कार
दाङ : १४ वर्षीया बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय बिनोद वली रहेका छन्। उनलाई बिहीबार बिहान प्रहरीले पक्रेको हो।
वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगि मंगलबार दिउँसो बलात्कार गरेको उजुरी परेको थियो।
सोही आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
साउन १२, २०८० शुक्रबार १९:२६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।