५० ग्राम हेरोइन तस्करीमा दोषी ठहरिएपछि सिङ्गापुरमा महिलालाई फाँसी

५० ग्राम हेरोइन तस्करीमा दोषी ठहरिएपछि सिङ्गापुरमा महिलालाई फाँसी

एजेन्सी : सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएकी एक महिलालाई शुक्रबार मृत्युदण्ड दिएको छ।

एम्नेष्टि इन्टरनेश्नललगायत मानवअधिकारवादी संस्थाको विरोधका बावजुद पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहरिएकी ४५ वर्षीया सरिदेवी जामानीलाई फाँसी दिएको हो।

सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिएको थियो। सन् २०२२ को मार्चदेखि कार्यान्वयन गरिएको यो पन्धौँ मृत्युदण्ड हो।

बीस वर्षअघि यस्तै प्रकृतिको अपराधमा केशकर्तन एवम् सौन्दर्य सेवा प्रदायक केन्द्रमा काम गर्ने ३६ वर्षीय एक महिलालाई झुन्ड्याइएको थियो।

लागू औषध नियन्त्रण कार्यालयले एक विज्ञप्ति निकालेर जामानीलाई मृत्युदण्ड दिइएको पुष्टि गरेको छ।

हेरोइन तस्करीमा दाषी मानिएका ७९ वर्षका मोहम्मद अजिज बिन हुसेनलाई गत बुधबार चङ्गी जेलमा मृत्युदण्ड दिइएको थियो।

गत बुधबार र शुक्रबार झुन्ड्याइएकाहरूलाई आममाफी दिन र त्यो सम्भव नभए आजीवन कारवासको सजायमा रुपान्तरण गर्न राष्ट्राध्यक्षसमक्ष अपील गरिएको थियो। यद्यपि त्यो पनि खारेज भयो।

साउन १२, २०८० शुक्रबार १५:१८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।