अमेरिकामा अत्यधिक गर्मी, डेथ भ्यालीमा ५४ डिग्री सेल्सियस पुग्ने अनुमान

अमेरिकामा अत्यधिक गर्मी, डेथ भ्यालीमा ५४ डिग्री सेल्सियस पुग्ने अनुमान

अमेरिकामा लगातार बढेको तामक्रमले जनजीवन अस्तव्यस्त भएको छ।

अमेरिकाको तापक्रम अर्को हप्ता खतरनाक स्तरमा पुग्ने बीबीसीको रिपोर्टमा जनाइएको छ। जसको चपेटामा ११ करोड ३० लाख मानिस पर्ने अनुमान गरिएको छ। 

फ्लोरिडा, क्यालिफोर्निया र वाशिंगटनमा यस सम्बन्धमा एक एडवाइजरी जारी गरिसकिएको छ। अमेरिकाको मौसम विभागले मानिसहरूलाई आफ्नो स्वास्थ्यमा कुनै पनि जोखिम नलिन आग्रह गरेको छ। अमेरिकी राज्य एरिजोनाको तापक्रम शनिबार ४८ डिग्री सेल्सियस मापन गरिएको छ। 

अमेरिकी मौसम विभागले अर्को हप्ता क्यालिफोर्नियाको डेथ भ्यालीमा पारा ५४ डिग्री सेल्सियस पुग्ने बताएको छ। डेथ भ्याली संसारको सबैभन्दा उच्च तापक्रम भएको ठाउँमा पर्छ। 

अमेरिकामा हरेक वर्ष गर्मीका कारण ७०० जनाको मृत्यु हुने गरेको छ। 

युरोपमा पनि अत्यधिक गर्मी

युरोपको अन्तरिक्ष एजेन्सीले इटाली, स्पेन, फ्रान्स, जर्मनी र पोल्याण्डमा गर्मीबारे पनि हाई अलर्ट जारी गरेको छ। 

इटालीले रोम र फ्लोरेन्सलगायत आफ्ना १६ सहरमा गर्मीको लहरको चेतावनी जारी गरेको छ। रोममा तापक्रम ४४ डिग्रीसम्म पुग्न सक्ने जनाइएको छ। इटाली सरकारले बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म घाममा ननिस्कन आग्रह गरेको छ। यस हप्ताको सुरुमा, इटालीमा चर्को घाममा काम गर्दा एक निर्माण मजदुरको मृत्यु भएको थियो।

३१ असार, २०८०, २१:२०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।