सहकारी पीडितको चेतावनी : न्याय नदिने हो भने गोली ठोकेर मार्ने कि पेट्रोल छर्केर मरौँ सरकार !

सहकारी पीडितको चेतावनी : न्याय नदिने हो भने गोली ठोकेर मार्ने कि पेट्रोल छर्केर मरौँ सरकार !

काठमाडौँ : हरेक दिन कुनै न कुनै सहकारिका सञ्चाल ठगी आरोपमा पक्राउ परिरहेका छन्। बिहीबार मात्रै शिवशक्ती सहकारीका प्रमुख  १० अर्ब ठगीको आरोपमा पक्राउ परे।

९ अर्ब बढि ठगीको आरोपमा इच्छाराज तामाङ कारागारमा छन्। वचतकर्ताले पैसा फिर्ता पाएका छैनन्। सुधिर बस्नेतले ठगी गरेकाहरुको अवस्था पनि उस्तै छ। चितवनदेखि पोखरासम्म जिवी राई संलग्न देखिएका सहकारीका वचतकर्ताहरुले आफ्नो वचत रकम पाउन सकेका छैनन्।

कसैले बुढेसकालको खर्चका लागि जोगाएको वचत फसेको छ त कसैले आपत्मा खर्च टार्न। सहकारीमा वचत फस्नेहरु उच्चदेखि निम्न सबै वर्गका छन्। 

बल्ल बल्ल जोगाएर वचत गरेको रकम सहकारीमा डुबेपछि सहकारी पिडितहरु अहिले सडकमै ओर्लिएर आन्दोलनमा छन्। उनीहरुले सरकारलाई प्रश्न गरिरहेका छन्' न्याय दिने कि गोली हानेर मार्ने सरकार! कि आफैँ पेट्रोल छर्किएर मरौँ?

१२ असार, २०८०, १८:३३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।