आदिपुरुषका लेखक भन्छन्ः तपाईंलाई सताउने संवाद हामी परिमार्जन गर्छौँँ'

आदिपुरुषका लेखक भन्छन्ः तपाईंलाई सताउने संवाद हामी परिमार्जन गर्छौँँ'

दक्षिण भारतीय फिल्म आदिपुरुषका लेखक मनोज मुन्तासिरले आदिपुरुषका विवादित संवादहरू परिवर्तन गरिने ट्वीटरमार्फत जानकारी दिएका छन्। 

मुन्तासिरले लामो पोस्ट सेयर गर्दै भनेका छन्, 'मैले र फिल्मका निर्माता-निर्देशकले तपाईंलाई सताउने केही संवादलाई परिमार्जन गर्ने निर्णय गरेका छौं र यसै साता फिल्ममा समावेश गर्नेछौं।'

यो फिल्मलाई प्रतिबन्ध लगाउन दिल्ली हाईकोर्टमा निवेदन पनि परेको छ। यसमा चलचित्रका धेरै दृश्य, संवाद र पात्र हटाउन माग गरिएको छ। 

मुन्तासिरले यो फिल्मको नाम रामायण नभएर 'आदिपुरुष' भएको बताएका छन्। 'हामीले रामायण बनाएका होइनौं। हामी त्यसबाट प्रेरित मात्र हौं', उनले भनेका छन्। 

फिल्मका निर्देशक ओम राउतले पनि रामायणलाई पूर्ण रूपमा बुझ्ने क्षमता कसैमा नभएको बताए। तर, सबै विवादबीच पनि फिल्मले दुई दिनमा विश्वभर २४० करोडको कलेक्सन गरेको छ।

यता काठमाडौँमा भने आजदेखि यस फिल्म प्रदर्शनमा रोक लगाइएको छ। काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले फिल्मको संवादप्रति आपत्ति जनाउँदै फिल्म रोकका हुन्। 

४ असार, २०८०, ०७:२६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।