काठमाडौँ महानगर क्षेत्रमा हिन्दी फिल्म चल्न नदिने बालेनको फेसबुकको निर्देशन कार्यान्वयन होला?

काठमाडौँ महानगर क्षेत्रमा हिन्दी फिल्म चल्न नदिने बालेनको फेसबुकको निर्देशन कार्यान्वयन होला?

काठमाडौँ : दक्षिण भारतीय फिल्म आदिपुरुषमा सिता भारतीय पुत्री भन्ने संवाद हटाउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएको म्याद सकिएसँगै उनले महानगर क्षेत्रमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरे।

उनले तीन दिन अगाडि नेपालमा मात्रै हैन हरेक देश जहाँ यो फिल्म रिलिज भएको छ त्यहाँ सिता भारतीय पुत्री भन्ने शब्द हटाउन चेतावनी  दिएका थिए।

नेपालमा उनको चेतावनी अगाडि नै सेन्सर बोर्डले सो शब्द म्युट गराइसकेको थियो। तर अन्यत्र जस्ताको त्यस्तै रिलिज भएपछि बालेनले आइतबार अब काठमाडौँ महानगरपालिका क्षेत्रमा रहेका हलमा कुनै पनि हिन्दी फिल्म रिलिज हुन नदिने घोषणा गरेका छन्। के यो सम्भव होला ?

३ असार, २०८०, २०:५२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।