मोजाम्बिकमा भेटिएको रुबी ४५८ करोडमा बिक्यो

मोजाम्बिकमा भेटिएको रुबी ४५८ करोडमा बिक्यो

एजेन्सी : ५५.२२ क्यारेटको रुबी अमेरिकामा ३४.८ मिलियन डलरको रेकर्ड मूल्यमा बिक्री भएको छ।

नेपाली रुपैयाँमा यो मूल्य करिब ४५८ करोड रुपैयाँ हुन्छ। यो रत्न गत वर्ष मोजाम्बिकको काबो डेलगाडो राज्यको मोन्टेपियोज क्षेत्रमा रहेको खानीबाट फेला परेको थियो।

चरमपन्थीहरूले यस क्षेत्रमा वर्षौंदेखि युद्ध गरिरहेका छन्। काबो डेल्गाडो एक गरिब क्षेत्र हो, तर यसमा विशाल खनिज भण्डारहरू छन्।

यस क्षेत्रमा रोजगारीको अवसर नहुँदा पनि अतिवादी चरमपन्थीहरूको उदय हुनुको प्रमुख कारण रहेको विज्ञहरू बताउँछन्। सन् २०१७ पछि यस क्षेत्रमा द्वन्द्व सुरु भएको हो।

लिलामी घर सोथेबीका अधिकारीहरूले रुबीबाट प्राप्त आम्दानीको केही अंश मोजाम्बिकमा खानी, इन्जिनियरिङ र खेतीमा प्रविधि विकास गर्न खर्च गरिने बताएका छन्।

२७ जेठ, २०८०, १४:०२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।