‘सफा हिमाल अभियान’मा संलग्न ५२ जनालाई सूर्य नेपालको सम्मान

‘सफा हिमाल अभियान’मा संलग्न ५२ जनालाई सूर्य नेपालको सम्मान

काठमाडौं : नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको सफा हिमाल अभियानमा संलग्न सेनाका सदस्यहरू र शेर्पाहरू लगायतलाई सूर्य नेपाल प्रालिले सम्मान गरेको छ।

गत चैत्रमा सुरु भइ यसै महिना सम्पन्न भएको यस वर्षको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालको सफाइ कार्य भएको थियो।

विभिन्न हिमालहरूबाट ३५ टन फोहोर संकलन गरिएको यस अभियानको अन्य विभिन्न संस्थाहरूसँगै सूर्य नेपाल प्रालि पनि एउटा मुख्य साझेदार संस्था हो।

सूर्य नेपाल प्रालिले सफा हिमाल अभियानमा प्रत्यक्ष योगदान पुर्याउने ५२ जनालाई विशेष सम्मान गरेको छ। कार्यक्रममा सूर्य नेपालले सफा हिमाल अभियानमा संलग्न हुँदा दिवंगत भएका दुई जना शेर्पा सहयोगीहरुका परिवारलाई एक/एक लाख नगदसहित सम्मान गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाले सफा हिमाल अभियानमा निजी क्षेत्रबाट एउटा मुख्य योगदानकर्ताको रुपमा सहयोग पुर्याएकोमा सूर्य नेपाल प्रालिलाई धन्यवाद दिएका थिए।

जहाँ सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायावारमले नेपालको पहिचानका रुपमा रहेको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालहरू सफा गर्ने जस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली सेनासँग सहकार्य गर्न पाएकोमा सूर्य नेपालले गौरवान्वित महसुस गरेको बताए।

त्यसैगरि कार्यक्रममा सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेन्ट रवि केसीले सूर्य नेपालले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यलाई अन्त्यन्तै महत्व दिने गरेको उल्लेख गरे।

२७ जेठ, २०८०, १३:२९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।