डायबिटिजले मात्र बढाउँदैन सुगर, यस्ता छन् अन्य सात कारण

डायबिटिजले मात्र बढाउँदैन सुगर, यस्ता छन् अन्य सात कारण

काठमाडौँ : शरीरमा सुगरको मात्रा एक्कासि बढ्दा त्यसले गम्भीर असर समेत पार्न सक्छ। सुगरको मात्रा बढ्दा मुख सुक्ने, बारम्बार पानी खान मन लाग्ने, बारम्बार पिसाब लाग्ने, सधैँ थकित अनुभव हुने मात्र हैन एक्कासि तौल बढ्ने अनि दृष्टि शक्ति कमजोर हुन पनि सक्छ।

रगतमा सुगरको मात्रा बढ्नुलाई नै सधैँ डायबिटिजसँग लगेर जोड्ने गरिन्छ। तर सधैँ एकै कारण नहुन पनि सक्छ।

शरीरमा सुगरको मात्रा बढ्नुको कारण अन्य समस्याले पनि हुनसक्छ। चिकित्सकका अनुसार डायबिटिज नभए पनि केही कारणहरू हुन सक्छन् जसले रगतमा सुगरको मात्रा बढाउन सक्छ।

गुलियो खाना : जसमा गुलियोको मात्रा बढी हुन्छ त्यसको अधिक सेवनले पनि रगतमा सुगरको मात्रा बढाउन सक्छ। गुलियो छिटै पच्छ अनि रगतमा गएर मिसिन्छ। त्यसले रगतमा तीव्र रूपमा ग्लुकोजको मात्रा बढाउँदा समस्या ल्याउन सक्छ।

अधिक घाम : चर्को घाममा बाहिर निस्कँदा समेत सुगर बढ्न सक्छ। जब चर्को घाममा व्यक्ति निस्कन्छन् त्यसले शरीर रमा तनाव बढाउँछ। तनावले समेत शरीरमा ग्लुकोजको मात्रा बढाउन सक्छ।

चिया-कफीको अधिक सेवन : चिया अनि कफीको अधिक सेवनले पनि शरीरमा ग्लुकोजको मात्रा बढाउन सक्छ। कफीमा रहेको क्याफिन समेत सुगर बढाउने कारण बन्न सक्छ। केही व्यक्तिको शरीर क्याफिनप्रति संवेदनशील हुन्छ। त्यस्ता व्यक्तिले कफी पिउँदा याद गर्नुपर्छ।

पर्याप्त निन्द्राको अभाव : पर्याप्त निन्द्राको अभावमा समेत सुगरको लेभल बढ्न सक्छ। राती पर्याप्त निन्द्रा नपरे त्यसले इन्सुलिन सेन्सेटिभिटी प्रभावित हुनसक्छ। त्यो ग्लुकोजको कोशिकासम्म पुग्न सक्छ। अनि इनर्जीको रूपमा प्रयोग नहुन सक्छ।

बिहानको खाजा : जसले बिहानको खाजा छाडेर सिधै दिउसोको खाना खान्छन् त्यस्ता व्यक्तिको सुगरको मात्रा एक्कासि बढ्न सक्छ। त्यसैले सुगरसँग जोगिन आहारको समय समेत नियमित गर्न सक्नुपर्छ।

पानीको अभाव : शरीरमा पानीको अभाव भएमा पनि सुगरको मात्रा बढ्न सक्छ। पर्याप्त पानी नपिउँदा शरीर सुक्खा हुन्छ। केही व्यक्तिमा यसले सुगरको मात्रा बढाउने काम पनि गर्छ।

मुखको स्वास्थ्य : यदि मुखको स्वास्थ्य ठिक छैन भने पनि त्यसले सुगरमा प्रभाव पार्छ। यसले ब्लड सुगरमा स्पाइकको काम गर्न सक्छ।

त्यसैले हरेक पटक सुगर स्पाइक हुँदैमा चिन्तित भइहाल्नु पर्दैन। यसका अनेक कारण हुन सक्छन्। तर सावधानी अपनाउन भने जरुरी छ। हरेक पटक सुगर बढ्दा त्यो डायबिटिजकै कारण नहुन पनि सक्छ। यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गर्दा थप जटिलता आउनबाट जोगिन सकिन्छ।

२६ जेठ, २०८०, २२:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।