८० किलोमिटर प्रतिघण्टाको स्पिडमा गाडी चलाउँदा एक लाख अमेरिकी डलर जरिवाना

८० किलोमिटर प्रतिघण्टाको स्पिडमा गाडी चलाउँदा एक लाख अमेरिकी डलर जरिवाना

डेनमार्क : तीव्र गतिमा सवारी चलाउँदा फिनल्यान्डमा एक चालकलाई एक लाख २९ हजार अमेरिकी डलर जरिवाना भएको छ। फिनल्यान्डमा कानुन उलङ्घन गर्ने व्यक्तिको आर्थिक हैसियत अनुसार जरिवाना गर्न सक्ने कानुनी छ।

एन्डर्स विकल्भ नामक चालकलाई यस्तो जरिवाना भएको हो। स्थानीय पत्रिकासँग कुरा गर्दै उनले यो घटनाप्रति आफूलाई पछुतो रहेको उल्लेख गरेको छ।

उनले ८५ किलोमिटर प्रति घण्टाको दरले गाडी चलाएका थिए। उनले गाडी चलाइरहेको क्षेत्रमा जम्मा ५० किलोमिटर प्रति घण्टाको दरले मात्र गाडी कुदाउन पाइन्थ्यो।

उनले गति उलङ्घन गरेपछि प्रहरीले रोकेर जरिवानाको पर्चा दिएको थियो। प्रहरीले उनको सवारी चालक अनुमति पत्र १० दिनका लागि निलम्बन समेत गर्यो।

विकल्भ सवारी गति उलङ्घनमा पटक-पटक कारबाहीमा परेको समेत खुल्यो। सन् २०१८ मा उनले गति उलङ्घन गर्दा ६८ हजार अमेरिकी डलर जरिवाना भएको थियो। सन् २०१३ मा उनलाई एक लाख २ हजार अमेरिकी डलर फाइन भएको खुल्यो।

उनी हेलिकप्टर, रियल स्टेट र पर्यटन क्षेत्र हेर्ने होल्डिङस् कम्पनीका अध्यक्ष हुन्।

२६ जेठ, २०८०, २०:५७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।