हरेक महिना एक खर्ब रेमिटेन्स, १० महिनामा १० खर्ब पाँच अर्ब आयो

हरेक महिना एक खर्ब रेमिटेन्स, १० महिनामा १० खर्ब पाँच अर्ब आयो

काठमाडौँ : चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

गत आर्थिक वर्षको वैशाखको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको हो। चालु आर्थिक वर्षमा औसतमा महिनामा १ खर्ब बढी रेमिटेन्स भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले बढेर ७ अर्ब ७० करोड पुगेको छ।

वैशाखसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.४ प्रतिशतले बढेर ४ लाख २१ हजार पुगेको छ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले बढेर २ लाख ३८ हजार ९ सय ७६ पुगेको छ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले बढेर ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ।

२६ जेठ, २०८०, १७:५९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।