प्रभु र महालक्ष्मी इन्स्योरेन्स मर्जहुँदै, दुवैको साधारण सभाबाट प्रस्ताव पारित

प्रभु र महालक्ष्मी इन्स्योरेन्स मर्जहुँदै, दुवैको साधारण सभाबाट प्रस्ताव पारित

काठमाडौँ : प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बराबरी हैसियतमा मर्ज हुने भएको छ। दुवै इन्स्योरेन्सको साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो।

प्रभुको पाँचौँ साधारण सभाले मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेगरी प्रस्ताव पारित गरेको हो।  

सभाले गत आर्थिक वर्षको नाफाबाट १०.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

साधारण सभा मार्फत संस्थापकका तर्फबाट शिक्षा भट्टचन, जास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुसन शेरचन सञ्चालक समिति सदस्यमा चुनिएका छन्।

उता महालक्ष्मी लाइफको पनि शुक्रवारै साधारण सभा गरेर असारभित्र एकीकृत कारोबार सुरु गर्ने गरी प्रभु लाइफसँगको मर्जर प्रस्ताव पारित गरेको थियो।

२६ जेठ, २०८०, १७:४१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।