कोसी नामविरुद्धको आन्दोलन हिंसात्मक भए सरकार मौन बस्दैन : गृहमन्त्री श्रेष्ठ

कोसी नामविरुद्धको आन्दोलन हिंसात्मक भए सरकार मौन बस्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनमा नाममा हुने अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताएका छन्।

कोसी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा एमालेका नेता तथा कार्यकर्तामाथि आक्रमण बढेको भन्दै एमालेका सांसद योगेश भट्टराइले गृहमन्त्रीको जवाफ मागेका थिए।

सोही क्रममा गृहमन्त्री श्रेष्ठले प्रतिनिधि सभामा बोल्दै शान्तिपूर्ण रूपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई भए पनि हिंसात्मक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताएका थिए।

उनले संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा संस्थाहरूको सुरक्षामा चुनौती उत्पन्न गर्ने वा व्यक्ति नेताहरूको सुरक्षामा थ्रेट उत्पन्न गर्ने गतिविधिलाई सरकार छुट दिन नसक्ने बताएका थिए।

 

२६ जेठ, २०८०, १२:४१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।