फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेको थियो।

आज तेजाबी सुनको मूल्य पनि तोलामा ८०० रुपैयाँले बढेर १ लाख ११ हजार ९५० रुपैयाँ तोकिएको छ। त्यसैगरी चाँदीको मूल्य भने आज तोलामा ४० रुपैयाँले बढर १ हजार ४५५ रुपैयाँ कायम गरिएको छ।

२६ जेठ, २०८०, ११:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।