गभर्नर भेटेर रियलस्टेट व्यवसायीले भने' घर-जग्गामा खुकुलो नीति लिनुपर्‍यो'

गभर्नर भेटेर रियलस्टेट व्यवसायीले भने'  घर-जग्गामा खुकुलो नीति लिनुपर्‍यो'

काठमाडौँ : व्यवसायीले घर जग्गा क्षेत्रबारे खुकुलो आर्थिक नीति बनाउन माग गरेका छन्।

नेपाल जग्गा तथा आवास विकास महासङ्घका पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटेर यस्तो माग गरेका हुन्।

गभर्नर अधिकारीसँगको भेटमा उनीहरूले आगामी मौद्रिक नीतिमा घर जग्गामा खुकुलो नीति लिन आग्रह गरेका थिए।

महासङ्घका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले गभर्नर अधिकारीलाई 'लोन टु भ्यालु रेसियो' रियलस्टेट कम्पनीका लागि ७० प्रतिशत पुर्याइदिन माग गरेका थिए।

टोलीले किस्ताबन्दीमा घरजग्गा किन्नेको किस्ता मूल्याङ्कन बढाउन, घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा कायम जोखिम भार १ सय ५० प्रतिशत रहेकोमा घटाएर एक सय प्रतिशत कायम गरिदिन उनीहरूले माग गरेका थिए।

२५ जेठ, २०८०, २२:५९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।