ग्लोबल आइएमई बैंकले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

ग्लोबल आइएमई बैंकले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेड ले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड– २०२३’ पाएको छ।

फिनाकल १० कोर बैंकिङको कार्यान्वयनपश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफर्मेसन) गरेकोमा बैंकलाई ट्रान्सफर्मेसन एक्सिलेन्स विधाअन्तर्गत सर्वोत्कृष्ट घोषित गरिएको हो।

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरूलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजीमा सृजनशीलताजस्ता बुँदाहरूलाई आधार मानेर अवार्ड दिने गरिएको विज्ञप्तिमा उल्लेख छ।

बैंकले हाल देशका ७७ वटा जिल्लामा तीन सय ५७ शाखा, तीन सय ५७ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरका साथै तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।

२५ जेठ, २०८०, २२:३८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।