अफगानिस्तानको मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५० जना घाइते

अफगानिस्तानको मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५० जना घाइते

एजेन्सी : अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानमा रहेको एउटा मस्जिदमा विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ। ५० जना घाइते भएका छन्।

एक वरिष्ठ तालिबान अधिकारीको अन्त्येष्टिमा शव गाड्नुअघि गरिएको प्रार्थनाको समयमा विस्फोट भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अफगानिस्तानको टोलोन्यूजले जनाएको छ।

मृत्यु हुनेमा नजिकैको एक प्रान्तका पूर्व प्रहरी प्रमुख समेत रहेको बीबीसीले जनाएको छ।

बदख्सानका डेपुटी गभर्नर निसार अहमद अहमदीको अन्त्येष्टिको प्रार्थनाका लागि मानिसहरू भेला भएका थिए।

मंगलबार काममा जाने क्रममा कार विस्फोटमा परी उनको मृत्यु भएको थियो। कार आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ।

२५ जेठ, २०८०, १६:४०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।