लगातार फिल्म फ्लप भएपछि प्रियंका आजभोलि जता पनि जज

लगातार फिल्म फ्लप भएपछि प्रियंका आजभोलि जता पनि जज

काठमाडौंः अभिनेत्री प्रियंका कार्की यतिबेला तीन वटा रियालिटी शोकी जज बनेकी छन्। 

उनी अरूको कलामाथि जज गरिरहेकी छन्। टेलिभिजन रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को जजका रुपमा रहेकी उनी अर्को ‘रोडिज’मा जजकै रूपमा देखिएकी छन्। 

हिमालय रोडिजको सिजन-५ मा प्रियंकालाई दर्शकले निर्णायकका रूपमा पाएका छन्। समन श्रेष्ठ रोडिजबाट बाहिरिएपछि उनको सट्टामा प्रियंकालाई राखिएको हो। तर,दर्शकले प्रियंकाभन्दा पनि समनलाई नै खोजिरहेका छन्।

कमेन्ट बक्समा अधिकांशको रोजाइ प्रियंकाभन्दा समन रहेका छन्। आफ्नो विधाभन्दा फरकमा काम गर्दा आलोचना प्रियंकाले भोगिरहेकी हुन्। 

कमेडियन जीतु नेपालले चलाइरहेको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’मा उनी अध्यक्षको भूमिकामा छिन्। आफूलाई कमेडी विधा मनपर्ने भएकाले पनि मुन्द्रेको कमेडी क्लबमा जोडिएको उनले प्रतिक्रिया दिएकी थिइन्। 

रियालिटी शोका लागि जज बन्न आएको अफरलाई इन्कार नगरेको उनी बताउँछिन्। जानेर होस् या नजानेर अरूको कलामा उनले जज गरिरहेकी छन्। 

पछिल्लो समय फिल्म र म्युजिक भिडियोबाट आउने अफर घटेपछि उनी यसतर्फ मोडिएकी हुन्।

उनले पछिल्लो समय अभिनय गरेका फिल्म ‘लक्का जवान','द सेक्रेट अफ राधा','चि मुसी चि','फूलबारी’ लगातार फ्लप भएका छन्। 

२५ जेठ, २०८०, १६:२५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।