नेसपा केन्द्रीय समिति बैठक बस्दै, अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने

नेसपा केन्द्रीय समिति बैठक बस्दै, अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौंः नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ।

भक्तपुरमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्ने जनाइएको छ।  

बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। 'अबको राष्ट्रको संकल्प नयाँ समाजवादी विकल्प' शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन्।

साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेश हुनेछ। पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुनेछ। 

बैठक आज र भोलि (जेठ २५ / २६) २ दिन चल्नेछ।

२५ जेठ, २०८०, ११:४०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।